Khabar Board

अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा दीपेन्द्र बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा प्लेयर अफ द म्याच घोषित भएका छन् । अमेरिकाको टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा घरेलु टोलीलाई पराजित गर्न सानदार प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ द म्याच भएका हुन् ।

ऐरीले अमेरिकाविरुद्धको खेलमा ब्याटिङ तर्फ १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २८ रन बनाएका थिए । बलिङ तर्फ ३ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिएका थिए । फिल्डिङतर्फ १ खेलाडीलाई रन आउट समेत बनाएका थिए । टि ट्वान्टी आईमा दीपेन्द्रको यो नवौं प्लेयर अफ द म्याच भएका हुन् ।

नेपालबाट टि ट्वान्टी आईमा सर्वाधिक प्लेयर अफ द म्याच हुने सुचीको शीर्ष स्थानमा दीपेन्द्र रहेका छन् । दोस्रो स्थानमा ७ प्लेयर अफ द म्याच सहित करण केसी रहेका छन् ।

यो पनि : अमेरिकाविरुद्ध नेपालको शानदार जीत

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.