Khabar Board

कुशल भुर्तेल बने ‘प्लेयर अफ द म्याच’

काठमाडौं । अमेरिकाविरुद्धको दोस्रो टि ट्वान्टी खेलमा नेपालका कुशल भुर्तेल प्लेयर अफ द म्याच भएका छन् । कुशलले ब्याटिङ तर्फ ५४ बलमा ७ चौका र ६ छक्काको सहयोगमा नट आउट ९२ रन बनाएका थिए । फिल्डिङ तर्फ कुशलले २ महत्वपूर्ण क्याच समेत लिएका थिए ।

सन् २०२१ अप्रिल १७ मा टि ट्वान्टी आईमा डेब्यु गरेका कुशलले यसअघि ४ प्लेयर अफ द म्याच जितेका थिए । डालसस्थित ग्राण्ड प्रेरीमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा सोमपालले ६ रन मात्र खर्चेका थिए । अन्तिम बलमा २ रन आवश्यक पर्दा अमेरिकाले दोस्रो रन लिने क्रममा रनआउटमा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

यो पनि : नेपालले अमेरिकालाई ‘सुपर ओभर’ मा हरायो, एक खेलअगावै जित्यो सिरिज

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.