काठमाडौं । विराटनगर किंग्सका खेलाडीको लागि खुशीको खबर आएको छ । विराटनगरले एनपीएलको उपाधि जितेमा कोशी प्रदेशले नगद ३० लाख दिने घोषणा भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएलको उपाधि जिते प्रदेश सरकारको तर्फबाट ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
बुधबार काठमाडौं आउने विराटनगरका किंगसका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
एनपीएलको माहोल यति धेरै बढेको छ कि लिग सुरु नहुँदै विभिन्न किसिमको पुरस्कार घोषणा हुने क्रम जारी छ । तर आयोजक क्यानले भने अझै विजेताले पाउने पुरस्कार घोषणा गरेको छैन ।
मंगलबार मात्रै बेस्ट नेपाली प्लेअरलाई ओमोडाले ६२ लाखको कार दिने घोषणा गरेको थियो ।















