इंग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर युनाइटेड बराबरीमा

Image

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुललाई म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टरले लिभरपुललाई २–२ गोलको बराबरीमा रोकेको हो । म्यानचेस्टरका लिजान्द्रो मार्टिनेज र अमाड डाइलोल तथा लिभरपुलका लागि कोडी गाक्पो र मोहम्मद सलाहले गोल गरेका थिए ।

मार्टिनेजले खेलको ५२औँ मिनेटमा म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा कोडीले लिभरपुलका लागि गोल गरेका हुन् ।

यस्तै, ७०औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि म्यानचेस्टरका डाइलोलले गोल गरे पछि खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।