रियलको सानदार जित

Image

एजेन्सी । स्पेनिस कोपा डेल रेमा रियल म्याड्रिडले अन्तिम ३२ को खेलमा सानदार जित हासिल गरेको छ । रियलले अन्तिम १६ मा स्थान बनाएको छ ।

रियलले सोमवार डिर्पोटिभा मिनेरालाई ५-० ले पराजित गरेको हो । मिनेराको घरेलु मैदानमा रियललाई जित दिलाउँन आर्दा गुलेरले २, फेडेरिको भाल्भर्डे, एडुआर्डो कामाभिंगा र लुका मोड्रिचले समान गोल गरे ।

पाँचौं मिनेटमा भाल्भर्डेको गोलमार्फत रियलले सुरुवाती अग्रता लिएको थियो । भाल्भर्डेले गोल गरेको ८ मिनेटपछि कामाभिंगाले टोलीको अग्रता दोब्बर बनाए ।

रियलका गुलेरले २८औं मिनेटमा गोल खेललाई ३-० को स्थितिमा पुर्याए । खेलको ५५औं मिनेटमा मोड्रिचले चौथो गोल गरे । खेलको ८८औं मिनेटमा गुलेरले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले सानदार जित निकल्यो ।