काठमाडौं । बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेले जय ट्रफी मेन्स एलिट कपमा दुई नयाँ कीर्तिमान बनाएका छन् ।
जनकपुरमा जारी आफ्नो दोस्रो खेलमा सन्दीपले एकै इनिङमा सर्वाधिक रन खर्चिने कीर्तिमान बनाएका हुन् । विभागीय टोली त्रिभुवन आर्मीसँग जारी खेलमा सन्दीपले यस्तो कीर्तिमान बनाएका हुन् ।
उनले २२ ओभरमा २ विकेट लिएर १ सय ३ रन खर्चिएका हुन् । सन्दीपले अघिल्लो खेलमा मधेश प्रदेशविरुद्ध सर्वाधिक रन खर्चिएको आफ्नै कीर्तिमान तोडेका हुन् । त्यो खेलमा सन्दीपले १७ ओभरमा ५ विकेट लिदै ८८ रन खर्चिएका थिए ।
सन्दीपले एकै इनिङमा सर्वाधिक ओभर बलिङ गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि आर्मीविरुद्ध नै नेपाल पुलिसका ललितनारायण राजवंशीले २० ओभर बलिङ गरेका थिए । सन्दीपले २२ ओभर बलिङ गर्दै सो कीर्तिमान तोडेका हुन् ।
आर्मीले बागमतीविरुद्ध पहिलो इनिङमा तोकिएको ६० ओभर खेलेर ५ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ ।















