Khabar Board
Flash logo up side
flash header

स्मार्ट टेलिकमको लाइसेन्स खारेज

Nirbachan m

काठमाडौं ।

Center article

स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति पत्र नवीकरण नगरेको भन्दै स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरेको हो । अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति पनि हस्तान्तरण गर्न भनिएको छ ।

‘नेपाल दूरसञ्चार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट टेलिकम प्रालि, कुमारीपाटी, ललितपुरले अनुमतिपत्र नविकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वतः खारेज भएको व्यहोरा सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ, ‘साथै, उक्त सेवाका सम्बन्धमा अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालु अवस्थामा प्राधिकरणलाई हस्तान्तरण गर्नु हुन समेत सुचित गरिएको छ ।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.