Khabar Board
Flash logo up side
flash header

के तपाइलाइ थाहा छ ? अब अकाउन्ट नबनाएरै च्याटजीपीटी प्रयोग गर्न सकिने

Nirbachan m

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को स्वामित्वमा रहेको च्याटजीपीटी प्रयोग गर्न अकाउन्ट बनाउनु नपर्ने भएको छ ।

Center article

च्याटजीपीटी निर्माता कम्पनी ओपन एआईले एक ब्लगमार्फत अकाउन्ट बनाइरहन आवश्यक नभएको जानकारी दिएको हो । नोभेम्बर २०२२ मा सार्वजनिक भएको यो टुल प्रयोग गर्न प्रयोगकर्ताले अनिवार्य रूपमा अकाउन्ट बनाउनु पर्ने हुन्थ्यो ।

तर प्रयोगकर्ताल च्याटजीपीटीलाई सहजै प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले अकाउन्टबिनै प्रयोग गर्न सकिने फिचर ल्याएको जनाएको छ । तर भ्वाइस कन्भर्सेसन, च्याट शेयर गर्न, च्याट हिस्ट्री हेर्न अकाउन्ट बनाउनु पर्ने हुन्छ ।

ओपनएआईका अनुसार विश्वका १८५ देशका १० करोड बढी मानिसहरूले च्याटजीपीटी प्रयोग गर्छन् । पछिल्लो समय ओपन एआईले आवाज नक्कल गर्न सक्ने ‘भ्वाइस इन्जिन’ र शब्दकै भरमा फोटो तयार पार्ने प्लेटफर्म ‘सोरा’ सार्वजनिक गरेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.