नेपाल टेलिकमकाे ‘आइसिटी डे अफर सुरु’, के-के छन् सेवा?

Image

काठमाडौं । नेपाल टेलिकममा ग्राहकहरूले ४९ रुपैयाँमा १ एमबिपिएस अनलिमिटेड डाटा र १०० मिनेट अन नेट भ्वाइस सेवा पाउने भएका छन्।

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारासहित बिहीबार मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि आइसिटी डे अफर उपलब्ध गराएकाे हाे।

बुधबारदेखि सुरु भएको यो अफर बैशाख २१ शुक्रबारसम्म लागू हुने टेलिकमले जनाएकाे छ। यसैगरी, डाटा प्याकेजअन्तर्गत रु. १११ मा ५ दिन चलाउन सकिने ६ जिबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, रु. २९९ मा १२ दिन चलाउन सकिने २० जिबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध हुनेछ।

यही अफरअन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ। प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।
थप जानकारीकाे लागी याे तालीका हेर्नुहाेस्