Khabar Board

युट्युबमा सबैभन्दा धेरै सब्स्क्राइबर हुने च्यानल बन्यो ‘मिस्टर बिस्ट’, एलन मस्ककाे बधाई

काठमाडौं । अमेरिकी युट्युबर जेम्स स्टिफन ‘जिम्मी’ डोनाल्डसनको युट्युब च्यानल ‘मिस्टर बिस्ट’ सबैभन्दा धेरै सब्स्क्राइबर हुने युट्युब च्यानल बनेको छ ।

उनको च्यानलले भारतीय म्युजिक कम्पनी ‘टी–सिरिज’लाई पछि पारेको हो । उनले सामाजिक सञ्जाल एक्समा आफ्नो च्यानलले टी–सिरिजलाई उछिनेको सब्स्क्राइबर संख्या देखाउँदै एक फोटो पोस्ट गरेका छन् ।

आइतबार मिस्टर बिस्ट (एमआरबिस्ट) को युट्युब च्यानलमा २६७ मिलियन अर्थात् २६ करोड ७० लाख सब्स्क्राइबर पुगेका छन् । टी–सिरिजको युट्युब च्यालनमा भने २६६ मिलियन अर्थात् २६ करोड ६० लाख सब्स्क्राइबर छन् । यससँगै उनलाई विश्वकै धनाढ्यमध्येका टेस्लाका सीईओ एलन मस्कले पनि बधाई दिएका छन् । एनडीटीभी

 

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.