हेटौंडा – नयाँ वर्ष २०८१ का अवसरमा हेटौंडा मकवानपुरका पर्यटकिय क्षेत्रहरुमा भिड लागेको छ । आज बिहानै देखि पर्यटकिय क्षेत्रहरुमा भिड लागेको हो । बिशेषगरी हेटौंडाको सहिद स्मारक, हेटौंडाको कुस्माण्डसरोवर त्रिबेणिधाम, मकवानपुरगढी, बनस्खण्डी, पुस्पलाल पार्क, त्रिखण्डी लगायतका पर्यटकिय क्षेत्रहरूमा आन्तरिक पर्यटकहरुको भिड लागेको हो ।
यस क्षेत्रको प्रमुख पर्यटकीय स्थल बनेको सहिद स्मारक नयाँ वर्ष आजबाट बेलुका १० बजेसम्म खुला गरिने भएको छ । यस अघि बिदाका दिन पर्यटकको चाप भएका दिनमा राति ६–७ बजेसम्म खुला रहने गरेको सहिद स्मारक अब नयाँ वर्षदेखि बिहान ६ बजेदेखि राति १० बजेसम्म खुला रहने भएको छ ।
स्मारकमा नयाँ बत्ती जडान गरी थप सौन्दर्यीकरण गरेसँगै स्मारक विकास समितिले राति १० बजेसम्म स्मारक परिसर खुला गर्न सुरु गरिएको स्मारक विकास समितिका अध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्।
सहिद स्मारक विकास समिति कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले नयाँ वर्षको दिनदेखि नियमित रूपमा राति १० बजेसम्म खुला गर्ने व्यवस्थापन गर्न लागेको जानकारी दिएको छ । स्मारकमा थप जिपलाईन साथै ADVENTURE खेल निर्माण भएसँगै बत्ती जडान गरिपछि आकर्षक देखिएको बताउँदै पर्यटकको मागलाई समेत ध्यानमा राखेर समय बढाइएको बताए ।