कुलेखानी ड्याम भरियो: तटिय क्षेत्रका बासिन्दा सतर्क रहन आग्रह

Image

हेटौंडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी ड्याम भरिन लागेकाले तल्लो तटिय क्षेत्रका वासिन्दाहरुलाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था हुनसक्ने सम्भावना धेरै भएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउने अवस्था छ त्यसैले यस क्षेत्रका वासिन्दाहरुलाई सर्तक अपनाउन अनुरोध गरिएको हो ।

तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्क रहेर बस्नु पर्ने र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू साथै स्वयंसेवकहरू हाइ एलर्टमा बस्न प्रशासनले अनुरोध गरेको छ। ।