राति तीनवटा प्रदेशमा हिमपात र वर्षाको सम्भावना

Image

काठमाडौँ । आज (मंगलबार) राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले मंगलबार साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बाँकी प्रदेशमा भने मौसम मुख्यतया सफा रहनेछ।

आज राति कुन प्रदेशको मौसम कस्तो?

कोसी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने मुख्यतया सफा रहने सम्भावना छ। मधेस प्रदेशमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।

बागमती प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।

गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक-दुई स्थानमा फाटफुटदेखि हल्का हिमपात हुने सम्भावना छ। पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने सम्भावना छ।

लुम्बिनी प्रदेशका पहाडी र तराई दुवै क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।
कर्णाली प्रदेशको हिमाली र पहाडी दुवै क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ।
सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई तीनै क्षेत्रमा मौसम मुख्यतया सफा रहने सम्भावना छ।