हेटौंडाको मनहरीमा सालनाल सहित नवजात शिशु मृत फेला

Image

हेटौंडा -मकवानपुरको मनहरीमा नवजात शिशु मृत्त अबस्थामा फेला परेका छन्।
मंगलबार मध्यान्ह १ बजे मनहरी गाउँपालिका-७ रमौलि बांगेटोलको मनहरि खोलाको छेउमा २/३ दिनको जस्तो देखिने सालनाल सहितको नवजात(छोरा) शिशु मृत अबस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए अनुसार मृत शिशुलाई पोष्टमार्टमका लागि हेटौडा अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भैरहेको बताउनुभयो ।