दाङ । दाङमा करेन्ट लागेर एकै घरका तिन जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका-३ मसुरियाका ६० वर्षीय गोरखबहादुर केसीलाई घाईते अवस्थामा अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको छ।
शनिबार दिउँसो विद्युतको तार चुँडिएर यो घटना घटेको हो। मृत्यु हुनेमा ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति ईश्वर केसीको घटनास्थलमै मृत्यु भएको थियो भने गोरखबहादुर घाइते भएका थिए।
गोरखबहादुर लाई उपचारकालागि बुटवल लगिएको थियो भने उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्जलबहादुर सिंहले जानकारी दिएका छन्।
११ केभीको हाइटेन्सन लाइनको तार एक्कासी चुँडिएर घरको आँगनमा खस्दा उनीहरूलाई करेन्ट लागेको थियो। घटना स्थलमै मृत्यु भएका मृतकको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।