हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–४ गोठखोला धरान(चतरा सडकमा कारको ठक्करबाट घाइते भएका साइकल यात्रीको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
हात्तिसुडेबाट गरगरे तर्फ आउदै गरेको प्रदेश ३–०१-०२४ च १७९६ नंबरको कारले हात्तिसुडे तर्फ जादै गरेको साइकललाई ठक्कर दिदा स्थानीय साईकल यात्री ११ वर्षका निशान बानियाको उपचार गर्दै गर्दा हटौडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । चालक भरतपुर महानगरपालिका १० का सारदा सुवेदी लाई प्रहरीले नियन्त्रणमा लिएको छ।