हेटौंडा। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री नेकपा एमालेका बागमती प्रदेशका संसदीय दलका नेता जगन्नाथ थपलियाले सपथग्रहण गरेका छन। १७ गते सनिबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले थपलियालाई सपथग्रहण गराएको हो।
नयाँ गठवन्धन बनेपछी बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। एमालेको भागमा चार मन्त्रालय परेपनि अहिले थपलियाले मात्र मन्त्रीका रुपमा सपथग्रहण गरेका छन भने अरु मन्त्रीहरु कहिले नियुक्ती हुने भन्ने अझै निश्चित भइसकेको छैन ।
राजीनामा दिएर सरकारबाट बाहिरिएका थपलियाले गठबन्धन फेरबदलकै कारण फेरि मन्त्री बन्ने अबसर पाएको हो ।
















