बागमती परदेशमा एमालेबाट चार मन्त्रीले गरे शपथग्रहण

Image

बागमती प्रदेशमा नेकपा एमालेबाट नवनियुक्त चार मन्त्री पद तथा गोपनीयताको शपथ लिएका छन्।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धार १६८ को उपधार ९ बमोजिम नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन। प्रकाश श्रेष्ठले उद्योग वाणिज्य, भूमि तथ प्रशासन मन्त्री, केशव प्रसाद पोखरेल वन तथा वातारण मन्त्री, एकालाल श्रेष्ठ खानेपानी उर्जा तथा सिँचाइ साथै रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रीको शपथ लिएका छन्।

शपथ लिएकामध्ये तीनजना दोस्रो पटक मन्त्री पदमा नियुक्त भएका हुन्। अघिल्लो पटक ४ मन्त्रालय पाउँदा ११ माघ २०७९ मा मन्त्री बनेका एकालाल, रामेश्वर र केशवप्रसाद दोस्रो पटक मन्त्री बनेका हुन्। उद्योग मन्त्रालयमा नियुक्त भएका प्रकाश श्रेष्ठ भने पहिलोपटक भएका हुन्।

१२ सदस्यीय मन्त्रिपरिषद्मा एमालेले ५ वटा मन्त्रालय पाएको छ साथै यसअघि आइतबार एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भइसकेका थिए।