Khabar Board
Flash logo up side
flash header

टोल बिकासका पदाधिकारीहरुलाई सहकारी बारे शिक्षा

Nirbachan m

हेटौंडा। हेटौंडा ११नम्बर वडा स्थित थानाभर्‍याङमा रहेको श्री उपयोगी सहश्राब्दी बचत तथा रिण सहकारी संस्थाले हेटौंडा ११ मा रहेको ५ वटा टोलबिकाश संस्थाका पदाधिकारीहरुलाइ सहकारी शिक्षा र यसको महत्त्वबारे जानकारी गराएको छ । सहकारीको शिक्षा उपसमिती को आयोजनामा गरिएको कार्यक्रममा स्मारक , शन्तिचोक , गणेशथान , सिधार्थ , लालीगुरान्स टोलबिकास संस्था का पदाधिकारीहरुलाइ सहकारी को महत्त्वबारे बताइएको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए ।

Center article

उपयोगी सहश्राब्दीका कोशाध्यक्ष रामेश्वर नगरकोटी को सभाध्यक्षतामा हेटौंडा ११शाहीद स्मारकको थाहा भवनमा भएको कार्यक्रममा हेटौंडा ११ का वडासदस्य बिकाश नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आयोजक सहकारी का अध्यक्ष दिनेश बिडारी , गणेशथान टोलबिकाश संस्थाकि अध्यक्ष तारा बर्तौला लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा टोलबिकास संस्थाका १५८ जना सहभागी थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.