Khabar Board
Flash logo up side
flash header

चैत २७ गते हुने बृहत जन प्रदर्शनलाई सफल बनाउन राप्रपाले गर्यो बृहत मोटरसाइकल र्‍याली

Nirbachan m

हेटौंडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मकवानपुरले आइतवार हेटौँडामा मोटरसाइकल र्‍याली गरेको छ। पार्टी कार्यालय सानोपोखराबाट निस्किएको र्‍यालीले बजार परिक्रमा गरेको थियो। चैत २७ गते हुने बृहत जन प्रदर्शनलाई सफल बनाउन राप्रपा मकवानपुरले बृहत मोटरसाइकल र्‍याली निकालेको हो । शहर परिक्रमा गरि सीमा चोकमा आयोजित सभालाई पार्टीका नेताहरूले सम्बोधन गरेका थिए।

Center article

र्‍यालीमा राप्रपाका केन्द्रीय सदस्य रामहरि न्यौपाने,राम बहादुर थोकर , राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती केसी थिङका वरिष्ठ नेताहरु सहभागी भएका थिए।

राप्रपाले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो तर सरकारले माग पुरा गर्ने तत्परता नदेखाएकले चैत २७ गते उपत्यकामा बृहत प्रदर्शन गर्ने तयारी राप्रपाले गरेको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.