Khabar Board
Flash logo up side
flash header

१५ नम्ब युवा संघ साथै वडा द्वारा शुभकामना आदनप्रदान

Nirbachan m

हेटौंडा – राष्ट्रिय युवा संघ नेपाल हेटौंडा-१५ ले नयाँ वर्षको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
युवा संघ १५ न. वडा कमिटीका अध्यक्ष बुद्ध मोक्तानको अध्यक्षता र बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी खानेपानी मन्त्री श्रेष्ठले नयाँ बर्षको शुभकामना दिदै समृद्ध राष्ट्र निर्माणको अभिभारा बोक्न युवाहरु तयार रहन आग्रह गरेको हो।

Center article

अबको एक दशकमा मुलुकलाई कस्तो बनाउने भन्ने जिम्मा युवा शक्तिको सोचमा भर पर्ने भएकोले नेकपा एमालेले बोकेको सुखी नेपाली समृद्ध नेपाल निर्माणका लागि एकजुट भएर लाग्न आग्रह समेत गरेका छन्।

अहिलेको अस्थिर सरकारको कारण देशले विकासको गति लिन नसकेको अवस्थालाई औंल्याउदै मन्त्री श्रेष्ठले नेकपा एमालेको नेतृत्वमा २०८४ मा बहुमत सहितको स्थिर सरकार निर्माणमा अहिलेदेखी नै लाग्न आग्रह समेत गरेको छ।

कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य इन्द्रमान स्याङ्तान, जिल्ला सचिवालय सदस्य, हेटौंडा नगर इन्चार्ज तथा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तान, युवा संघ नगर कमिटी अध्यक्ष अनिल काफ्ले, उपाध्यक्ष गोबिन्द नेगि लगाएतको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.