हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–७ का दुई नाबालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ ।
१४ र १६ वर्षका दुई नाबालिकामाथि शिवम् सिमेन्टमा चुनढुङ्गा ओसारपसार गर्ने दुई जना टिप्पर चालकमाथि बलात्कारको आरोप लागेको हो । मकवानपुर प्रहरीले उनीहरूलाई २८ चैत बुधबार पक्राउ गरेको हो ।
डीएसपी लक्ष्मी भण्डारीले आरोपीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताएका छन्। दुई जना छात्राले बुधबार नै जिल्ला प्रहरी कार्यालयमा परिवारसहित पुगेर घटनाबारे जानकारी गराएका थिए । जाहेरीमा २५ चैतमा मकवानपुरगढीको ७ नम्बर वडामा बलात्कारको घटना भएको जनाइएको छ ।
‘डीएसपी भण्डारीले जानकारी दिएअनुसार २५ गते बलात्कार भएको भनिएको छ तर हामीले घटनास्थल लगायतका विषयमा अनुसन्धान गरिरहेका छौं’ । अनलाइनखबरबाट















