काठमाडौं ।
इंग्ल्याण्ड फुटबल टिमका स्टार ह्यारी केनले आफ्नो मनपर्ने आईपीएल टिम नामको बताएका छन् । आईपीएलमा उनको मनपर्ने टोली रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) हो । साथै, केनले बैंग्लोरले यसपालि उत्कृष्ट प्रदर्शन गर्ने पनि बताएका छन् ।
स्टार स्पोर्ट्ससँग कुरा गर्दै केनले भनेका छन्, ‘आईपीएलमा मनपर्ने टोली आरसिबी हो । विराट कोहलीसँग धेरै पटक भेट्न पाउँदा म भाग्यमानी छु । यसपटक आरसिबीले केही राम्रा खेलाडीहरू खरिद गरेको छ । गत सिजनमा आरसिबी अभागी भयो । तर, यस वर्ष उसले राम्रो गर्ने सम्भावना छ । आईपीएलमा केही उत्कृष्ट टोलीहरू छन्, इमानदारीपूर्वक मलाई ती सबै हेर्न मनपर्छ यसपालि आरसिबीले राम्रो गर्नेछ ।’
केनले विराट उत्कृष्ट खेलाडी भएको पनि बताएका छन् । ‘हामीलाई क्रिकेट खेल्न रमाइलो लाग्छ, पक्कै पनि यो समयमा आईपीएल छ त्यसैले हामी यसलाई हेरेर आनन्द लिन्छौँ । विराट कोहलीलाई हेर्दा राम्रो लाग्छ । उनको ब्याटिङमा जोश छ, विराटलाई खेल देख्दा राम्रो लाग्छ,’ उनले भने ।
यद्यपि केनले आँकलन गरेअनुसार विराट र आरसिबी पछिल्लो खेलमा भने राम्रो गर्न सकेनन् । टिम ६८ रनमै अलआउट हुँदा विराट शून्यमै आउट भएका थिए । उनी लगातार दुई खेलमा शून्यमै आउट भएका हुन् । आरसिबीले जारी सिजनमा आठ म्याच खेल्दा पाँचमा जित र तीन खेलमा हार बेहोरेको छ ।
यो पनि पढौं– यी चार नेपाली ब्याटर, जो जिम्बाब्वेविरुद्ध शतक बनाउन सक्छन्