हेटौंडामा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान शुरु

Image

हेटौंडा । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान प्रकृया शुरु भएको छ। हेटौंडा-८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा मतदान कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन।९ बजे सुरु हुने भनिएको मतदान हेटौंडा मा पानी परेका कारण तोकिएको समय भन्दा ४० मिनेट ढिलो शुरु भएको हो।

निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्यहरू रहेका छन् भने प्रदेशका १३ जिल्लाका १ सय १९ वटा स्थानीय तहका २ सय ३७ प्रमुख ‘ उपप्रमुख गरी कुल ३ सय ४६ जनाले मतदान गर्नेछन्।

आज हुने बागमती प्रदेश राष्ट्रियसभा सदस्य महिला र अन्य गरी २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना,नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन् । गठबन्धन दलका तर्फबाट महिलामा नेकपा ‘एस’ बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन। भने विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर तथा अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिलामा गीता काफ्ले रहेका छन् भने अन्यमा कृष्णबहादुर तामाङ  उम्मेदवार छन।