कञ्चनपुरको मन्त्र अस्पतालले यी ‍२१ पदका लागी कर्मचारी माग

Image

धनगढी । कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने मन्त्र अस्पतालले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। अस्पतालले एमडी फिजिसियन, मेडिकल अफिसरदेखि हेल्परसम्मका ३५ जना कर्मचारी माग गरेको हो।

अस्पताल भीमदत्त नगरपालिका–३ ट्राफिक चोकमा संचालनका हुने बताइएको छ। २५ शैयाको अस्पतालमा करिब १२ करोडको लगानी लागेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक डा. गोविन्द रोकायाले बताए। अस्पतालमा फिजिसियन, रेडियोलोजी, हड्डी तथा नशा सम्बन्धी सेवा, २४सैं घण्टा इमेरजेन्सी, शल्यक्रिया, स्त्री रोग, बाल रोग, नाक कान घाँटी, अल्ट्रासाउड, एसीजी, ल्याब सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ।