वीरेन्द्रनगरमा नेकपा (एस) निकटका युवा संगठनको विरोध र्याली प्रदर्शन

Image

टेकराज थापा/सुर्खेत । नेकपा एकीकृत समाजवादी (एस) पार्टी निकट युवाहरुको संगठनले सोमबार वीरेन्द्रनगरमा विरोध र्याली प्रदर्शन गरेको छ । युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेतको आयोजनामा शक्ति प्रदर्शन गरिएको थियो ।

स्थानीय तहको निर्वाचन लक्षित गरेर मोटरसाइकल र्याली प्रदर्शन गरिएको थियो । मोटरसाइकल र्याली मंगलगढी चोकदेखि वीरेन्द्रनगर उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन गरिएपछि पिपल चौतारामा पुगेर कोणसभामा परिणत भएको थियो ।

युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी उपाध्यक्ष धुर्व थापाको नेतृत्वमा र्याली निकालिएको थियो ।