हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ मा रहेको राष्ट्रिय निकुन्जको जंगलमा मनहरी गाउँपालिका वडा नम्बर–६ प्रतापपुरका ५६ वर्षिय काले बहादुर राईको हात्तिको आक्रमणमा परी मृत्यु भएको हो ।
राई सहित ३ जना स्थानिय निकुञ्जमा भैसी चराउन गएको अबस्थामा हात्तिले आक्रमण गर्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
हात्तिले आक्रमण गर्न खोज्दा भागेर बाच्न सफल भएको राई संगै गोठाला गएका अन्य मानिसहरुले निकुन्ज सुरक्षाका लागि राखीएको नेपाली सेनाको नयाँ पोष्ट शुनाचुरी मकवानपुरमा जानकारी गराएका थिए ।

















