नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशको तयारी हुदै

Image

हेटौंडा – नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन जेष्ठ १८ र १९ गते हेटौंडामा हुने भएको छ ।

१२ औं अधिवेशनको उ‌द्घाटन जेठ १८ गते पाटी अध्यक्ष ओलीको विशिष्ट अतिथिहरुमा कार्यक्रम उत्घाटन गरिने पत्रकार सम्मेलन मार्फत जानकरी दिएको हो । जिल्लाका दश वटै पालिकाबाट प्रतिनिधी, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित महानुभाव, पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागीता हुने एमाले मकवानपुर जिल्ला सम्मेलन आयोजक कमिटीले जनाएको छ । जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

सम्मेलनलाई सफल पार्न दुई सय जना स्वयंसेवक परिचालन गरिने साथै १२ वटा समितिहरु बनाई अधिवेशनको सम्पुर्ण तयारीको काम भईरहेको जनाएको छ । मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद् समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाउने र अधिवेशनको बन्द सत्रवाट भाबी नेतृत्व चयन हुने समेत श्रेष्ठले बताए ।

यस्तै उद्घाटनको अघिल्लो दिन हेटौंडा उपमहानगरक्षेत्रमा भव्य मोटरसाईकल ऱ्यालीको आयोजना समेत गरिने जनाएको छ ।