आइपीएलमा आज हैदरावाद र राजस्थान, चेन्नई र मुम्बई भिड्दै

Image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएलं) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । पहिलो खेलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ । यो खेल नेपाली समय अनुसार आइतबार दिउँसो ३ः४५ बजे हैदरावादमा सुरु हुनेछ ।

दोस्रो खेलमा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धा गर्दैछन् । यो खेल आइतबार साँझ ७ः४५ बजे चेन्नईमा सुरु हुनेछ ।

आइपीएल २०२५ शनिबार सुरु भएको हो । उद्घाटन खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध शानदार जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलुरुले विजयी सुरुवात गरेको छ ।

कोलकातालाई ७ विकेटले हराउँदै बैंगलुरुले विजयी सुरुवात गरेको हो । शनिबार साँझ कोलकोतास्थित इडन गार्डेन क्रिकेट स्टेडियममा भएको खेलमा सुरुमा ब्याटिङ गरेको कोलकाताले दिएको १७५ रनको लक्ष्य बैंगलुरुले १६.२ ओभरमा मात्र ३ विकेट गुमाए १७७ रन बनाउँदै पूरा गरेको हो ।