आईपीएलमा डेविड वार्नरले रचे इतिहास, बने यो उपलब्धि हासिल गर्ने पहिलो खेलाडी

Image

काठमाडौं ।

अष्ट्रेलियन लोकप्रिय ब्याटर डेविड वार्नरले इण्डियन सप्रमियर लिग (आईपीएल) मा नयाँ कीर्तिमान बनाएका छन् । उनले आईपीएलमा ५५०० सय रन पूरा गर्ने पहिलो विदेशी ब्याटरको कीर्तिमान बनाएका हुन् । वार्नरले यो उपलब्धि आईपीएल २०२२ को १९ औं खेलमा कोलकाता नाइ राइडर्स (केकेआर) विरुद्ध ६१ रन बनाएसँगै हासिल गरे ।

साथै, उनी आईपीएलमा सबैभन्दा बढी ५० प्लस इनिङ्स खेल्ने ब्याटर हुन् । हालसम्म वार्नरले यो लिगमा सर्वाधिक ५५ खेलमा ५० भन्दा बढी रन बनाएका छन् । यो मामलामा दोस्रो नम्बरमा विराट कोहली छन् । उनले ४७ पटक ५० भन्दा बढी रन बनाएका छन् । त्यस्तै, यो सूचीको तेस्रो, चौथो र पाँचौं स्थानमा क्रमशः शिखर धवन (४६), एबी डिभिलियर्स (४३) र रोहित शर्मा (४१) रहेका छन् ।

त्यस्तै, वार्नर आईपीएलमा केकेआरविरुद्ध सर्वाधिक रन बनाउने दोस्रो खेलाडी पनि बनेका छन् । उनले हालसम्म यो टोलीविरुद्ध कुल ९७५ रन बनाएका छन् । यो सूचीको शीर्ष स्थानमा भने रोहित शर्मा छन् । उनले अहिलेसम्म केकेआरविरुद्ध १०१८ रन बनाएका छन् ।

वार्नरको आईपीएल करियरको कुरा गर्दा हालसम्म उनले १ सय ५२ खेलमा कुल ५५१४ रन बनाएका छन् । जसमा उनको ४ शतक र ५१ अर्धशतक सामेल छ । वार्नर आईपीएलमा सर्वाधिक रन बनाउने पाँचौं ब्याटर हुन् ।

यो पनि पढौं– ‘बेबी एबी’को पहिलो बलमै आउट भएपछि विराट आक्रोशित, भिडियो भयो भाइरल

यो पनि पढौं– आईसीसी टी-२० वरियतामा नेपालको स्थान सुधार

यो पनि पढौं– बंगलादेशी क्लबविरुद्ध आर्मीको फराकिलो जित, रोहितसहित यी ४ खेलाडीको उत्कृष्ट प्रदर्शन