अस्ट्रेलियाले गर्‍यो टी–२० विश्वकप खेल्ने टोली घोषणा, यी खेलाडीले पाए माैका

Image

काठमाडौं । स्टिभ स्मिथलाई बाहिर राख्दै अस्ट्रेलियाले आगामी जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ।

अस्ट्रेलियाले बुधबार मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय अष्ट्रेलियाको टोली घोषणा गरेको हो। सन् २०२१ मा टी–२० विश्वकप विजेता टोलीमा रहेका अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथले यस टोलीमा रहेका छैनन् । स्मिथलाई सन् २०१४ पछि पहिलो पटक विश्वकप टोलीबाट बाहिर राखिएको हो।

विश्वकपमा अस्ट्रेलिया समूह बी मा रहेको छ। समूह बी मा अस्ट्रेलियाका अलावा इंग्ल्यान्ड, नामिबिया, स्कटल्यान्ड र ओमान छन् । ६ जुनमा ओमानसँग खेल्दै अस्ट्रेलियाले विश्वकपको सुरुआत गर्नेछ ।

अस्ट्रेलियाको टोली : मिचेल मार्श (कप्तान), एश्टन एगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रीन, जोश हेजलवुड, ट्रेभिस हेड, जोश इंगलिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र एडम जाम्पा

Image

यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा

यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा

यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा

यो पनि : टी–२० विश्वकप खेल्न टोली घोषणा गर्‍यो भारतले