काठमाडौं । आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० विश्वकपका लागि अफगानीस्तानले पनि टोली घोषणा गरेको छ । ।
अफगानीस्ताले राशिद खानको कप्तानीमा १५ सदस्यीय अफगानि टोली घोषणा भएको हो । अफगानिस्तानले १९ वर्षीय विकेटकिपर–ब्याटर मोहम्मद इशाकलाई पनि टोलीमा समावेश गरेको छ ।
विश्वकपमा अफगानिस्तान समूह सि मा रहेको छ । समूह सी मा अफगानीस्तानको अलावा आयोजक वेस्ट इन्डिज, न्युजिल्यान्ड, पपुवा न्यु गिनी, युगान्डा छन् । ७ जुनमा न्युजिल्यान्डसॅंग खेल्दै अफगानीस्तानले विश्वकपको सुरुआत गर्नेछ ।
अफगानिस्तानको टिम : रहमानउल्लाह गुर्बाज (विकेटकिपर), इब्राहिम जाद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जाद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करीम जनात, राशिद खान (कप्तान), नांग्याल खरोती, मुजीबउर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक ।
यो पनि : टी–२० विश्वकपका लागि नेपालसँग खेल्ने दक्षिण अफ्रिकाको टिम घोषणा
यो पनि : टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा
यो पनि : टी-२० विश्वकप खेल्ने इङल्याण्डको टिमको घोषणा
यो पनि : टी–२० विश्वकप खेल्न टोली घोषणा गर्यो भारतले