हेटौंडा- नेपाल रेड्क्रस सोसाइटी बागमती प्रदेश ५औं प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस शिविर लाई सम्बोधन गर्दै प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायन शेर्स्थले रेड्क्रसले सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको बताए । रक्तदान सेवा , एम्बुलेन्स सेवा तथा अन्न्य जोखिम युक्त सेवाहुरुमा पनि सक्रिय रहेर स्वयंसेवक को भुमिका निभाएको कुरा प्रति प्रदेश सरकार सराहना गर्दछ तर संस्थामा राजनीतिको गन्ध आउन थालेको जनगुनासो बढेको प्रती रेड्क्रस्को ध्यानाकर्षण हुन जरुरी रहेको बताए ।
अरु रगत लाई निशुल्क गर्ने ब्यवहारिक निर्णयमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सिद्धार्थ माबी हेटौंडा तथा नेरेस मकवानपुरको आतिथ्यतामा हेटौंडामा कार्यक्रम भैरहेको छ ।
नेपाल रेडक्रस सोसाइटी का बागमती प्रदेश अध्यक्ष भोलानाथ रुपाखेती सभाध्यक्षतामा भएको कार्यक्रममा नेरेस उपमहामन्त्री मनोजकुमार थापा , केन्द्रिय सद्स्य तथा जुयुस संयोजक बिस्णुराज नेपाल ,जिल्ला सभापति लालबहादुर थापा लगायत १३ जिल्लाका प्रतिनिधि हरुको सहभागिता रहेको र कार्यक्रम २८ गते समापन हुने जिल्ला उपमन्त्री शिवहरी दाहाल ले जानकारी दिएका छन्।
















