पत्रकार महासंघ मकवानपुर अगाडि प्रेस युनियन मकवानपुरले दिए धर्ना

Image

हेटौंडा । नेपाल पत्रकार महासंघको सदस्यता विवादको विषयबारे आपत्ति जनाउँदै आएको प्रेस युनियन मकवानपुरले सोमबार महासंघ मकवानपुरको कार्यालय परिसरमा धर्ना दिएको हो ।

आन्दोलनलाई थप शसक्त बनाउन आज धर्ना दिइएको युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले बताउनुभयो । प्रेस युनियन केन्द्रको निर्णय बमोजिम केन्द्रीय कार्यालयदेखि महासंघका सबै समिति, शाखाहरुमा विहान ११ देखि १ बजेसम्म धर्ना दिने कार्यक्रम रहेकोले मकवानपुरमा पनि धर्ना दिइएको उनले बताए। विधान विपरीत केन्द्रीय समितिले गैरपत्रकारलाई सदस्य बनाएर नामावाली सार्वजनिक गरेकाले आफुहरु आन्दोलनमा उत्रिनु परेको बताउनुभयो ।

युनियन मकवानपुरले शुक्रबार राति ११ः १५ बजे महासंघ मकवानपुरको कार्यालयमा तालाबन्दी गरेको थियो । निर्वाचन कमिटीले प्रकाशन गरेको पत्रकारको अन्तिम नामावलीप्रति असन्तुष्टि रहेको भन्दै युनियनले तालाबन्दी गरेको हो । युनियन मकवानपुरले महासंघको कार्यालयमा ७ बुँदे मागसहितको ब्यानरसमेत झुण्ड्याएको छ ।