काठमाडौँ बाट आउदै गरेको सुमो दुर्घटना १० जना घाइते, ३ को अवस्था गम्भिर

Image

हेटौंडा । काठमाडौँ बाट हेटौंडा आउँदै गरेको सुमो मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीमा आज विहान सुमो दुर्घटना हुँदा १० जना घाइते भएका हुन् भने ३ जनाको अबस्था गम्भिर रहेको छ।

काठमाडौंबाट बिरगन्जका लागि छुटेको प्रदेश ०३–००१ ज ०३६२ नम्वरको सुमो आँफै अनियन्त्रित भई दुर्घटना भई घाइते भएको मकवानपुरका प्रहरी निरीक्षक ओम पण्डितले जानकारी दिएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने ७ जनाको अवस्था मध्यम रहेको उनीहरुलाई उपचारको लागि काठमाडौंतर्फ पठाइएको प्रहरी निरीक्षक पण्डितले बताएका छन्।